महासेठलाई मन्त्रीबाट हटाउँदा उनकै मतदाताले गरे दिपावली

६ मंसिर, काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनका क्रममा हटाइएका केही मन्त्रीहरुका पक्षमा सामाजिक सञ्जालमा प्रधानमन्त्रीको गलत निर्णय भन्दै टिप्पणी भइरहेका छन् ।

तर हटाइएका मध्ये एकजना यस्ता मन्त्री छन् उनलाई मन्त्रीबाट हटाउँदा उनकै निर्वाचन क्षेत्रका मतदाताले मैनवत्ती बालेर खुशी मनाएका छन् । उनी हुन धनुषाका प्रतिनिधिसभा सदस्य एवं निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ ।

उनले आफ्नै मतदातालाई यति दिक्क पारेका रहेछन् कि मन्त्रीबाट हटाएको खुशीयालीमा आज साँझ दिपावली नै भयो । दिपावलीमा सहभागीहरुले चुनावमा जिताउन सहयोग गरेपनि अहिले आएर वेवास्ता गरेका कारण खुशी मनाउनुपरेको बताए ।

महासेठ धनुषा क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् । उनले समग्र सडक र अन्य भौतिक पूर्वाधार निर्माणमा प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना हुँदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार