ईण्डियन आइडलबाट फेरि निकालिए अनु मलिक

६ मंसिर, काठमाडौं । चर्चित भारतीय संगीतकार, गायक तथा जज अनु मलिक एक पटक फेरि इण्डियन आइडलको शो बाट निकालिएका छन् । गत वर्षदेखी नै उनीमाथि लागेको सेक्सुअल ह्यार्यसमेन्टको आरोपले गर्दा उनले आइडलको जजबाट हात धुनु परेको हो ।

सोनी टेलिभिजनले पनि यसको पुष्टि गरेको छ । अनु मलिकको स्थानमा आइडलमा जज बनेर को आउँछ भन्ने कुरा भने टेलिभिजनले बताएको छैन् । बिहिबार गायिका सोना महापात्रले भारतीय महिला तथा बालविकास मन्त्री स्मृती इरानीलाई खुलापत्र लेख्दै यस विषयमा हस्तक्षेप गर्ने अपिल गरेकी थिइन्। त्यस लगतै भारतीय महिला आयोगले सोनी टेलिभिजनसंग यस विषयमा सफाई मागेको थियो ।

अघिल्लो वर्ष ईन्डियन आइडलको शो चल्दै गर्दा सोना महापात्रा, नेहा भासिन, श्वेता पण्डित लगायतका महिलाहरुले अनु मलिकमाथि यौन शोषणको आरोप लगाएका थिए। त्यसपछी सोनी टेलिभिजनले उनलाई शोको जजबाट निष्कासन गरेको थियो।

तर पनि इण्डियन आइडलको ११ औं सिजनमा उनी फेरी इण्डियन आइडलको जज बनेर आएका थिए जसको सोना महापात्रा, नेहा भासिन र श्वेता पण्डितले लगातार सोसियल मिडियाबाट विरोध गर्दै आएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार