
६ मंसिर, काठमाडौं । अघिल्लोपटक मन्त्री हुँदा स्थानीय विकास अधिकारीलाई शौचालयमा थुनेर चर्चामा आउनुभएका निवर्तमान मन्त्री मातृका यादवको दोस्रो कार्यकाल अपजसकै बिचमा समापन भएको छ । यादवमा उद्योग वाणिज्य क्षेत्रको ज्ञानको कमी र सन्की स्वभावको कारण यादव लोकप्रीय बन्न सक्नुभएन ।
यादवको कार्यक्षेत्रमा प्रधानमन्त्री ओली स्वयंको टसल परेपछि असन्तुष्टि बढ्दै आएको थियो । यादवले व्यापारी तथा उद्योगीसँग समदूरी कायम गर्न नसक्दा उजुरी सोझै प्रधानमन्त्री कहाँ पुग्थ्यो । यसका साथै यादवले आफूलाई चित्त नबुझेको विषयमा मन्त्रिपरिषद् बैठकमै सवालजवाफ गर्नुहुन्थ्यो ।
मन्त्रालयका एक कर्मचारीका अनुसार यादवले केही सकारात्मक पहलकदमी लिने प्रयत्न गरिरहेकै बेला सन्की स्वभावका कारण अपजसको भागिदार बन्नुपरेको छ । नागरिक दैनिकमा समाचार छ ।