४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ९बुधबार० मन्त्रिपरिषद् पुनर्गठनको तयारी गर्नुभएको छ । पुनर्गठन तयारीबारे प्रधानमन्त्रीले मंगलबारको मन्त्रिपरिषद् बैठकमा औपचारीक जानकारी गराउनुभएको हो ।
केही पुराना मन्त्रीलाई बिदा दिएर नयाँ समेटेर मन्त्रिपरिषद् पुनर्गठनको तयारी गर्नुभएका प्रधानमन्त्रीले मंगलबारको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुलाई भन्न्नुभएको छ, ‘तपाईहरु चित्त नदुखाउनुहोला, म मन्त्रिपरिषद् हेरफेर गर्दैछु । कोही पर्नुहोला, कोही नपर्नुहोला। अहिलेसम्म साथ दिनुभयो त्यसका लागि धन्यवाद छ ।’
मन्त्रिहरुलाई मन्त्रिपरिषद् पुनर्गठनको जानकारी दिने क्रममा प्रधानमन्त्रीले औपचारीक कार्यक्रम नराख्न समेत निर्देशन दिनुभएको छ । तर कुन – कुन मन्त्री हटाउने र नयाँ मन्त्री को हुने भन्नेबारे भने प्रधानमन्त्रीले केही उल्लेख नगरेको मन्त्रिपरिषद् स्रोतको भनाई छ ।