यसरी आयो सरकारी जागिरको घरमै नियुक्तिपत्र

३ मंसिर, काठमाडौं । कालिमाटी गाउँपालिका५ बालुुवाका १८ वर्षीय चित्रबहादुर रानामगरले सानै उमेरमा सरकारी जागिर पाउँछु भनेर सायद सोचेका पनि थिएनन् । तर जिल्ला हुलाक कार्यालयका प्रमुखको नेतृत्वमा घरमै आइपुगेको टोलीले ‘योग्य हुनुहुन्छ’ भन्दै नियुक्तिपत्र थमाएपछि उनी आश्चर्यमा परे ।

नियुक्तिपत्र पाएपछि रानामगरले भने, ‘पाएको जिम्मेवारी पूरा गर्न सक्छु सर ।’ गाउँपालिकाको काल्चेस्थित इलाका हुलाक कार्यालयमा कर्मचारी आवश्यक परेपछि विपन्न परिवारबाट योग्य व्यक्ति छनौट गर्न लगाई घरमै पुगेर नियुक्तिपत्र दिइएको जिल्ला हुलाक कार्यालयका प्रमुख धिरेन्द्र बहादुर भण्डारीले जानकारी दिए ।

सम्पत्तिको नाममा एउटा खरको छानो मात्रै भएका चित्रबहादुर कक्षा १० मा अध्ययनरत छन् । समाचार अन्नपूर्ण पोष्ट् मा छापिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार