भारतद्वारा अतिक्रमित भूमिमा अनेरास्ववियुले फहरायो राष्ट्रिय झण्डा, एसएसबीसँग सामान्य झडप

१ मंसिर, इलाम । इलामको सन्दकपुरमा भारतद्वारा अतिक्रमित भूमिमा अनेरास्ववियु इलामका नेता तथा कार्यकर्ताले नेपालको राष्ट्रिय झण्डा फहराएको छ । करिब ४० जनाको संख्यामा इलाम सदरमुकामबाट गएको अखिलको टोलीले सन्दकपुरमा राष्ट्रिय झण्डा फहराएको हो ।

सन्दकपुर गाउँपालिका वडा नं ४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीका नेता तथा कार्यकर्ताले भारतीय सीमा सुरक्षा बल एसएसबीसंग प्रतिकार गरि शनिवार नेपालको राष्ट्रिय झण्डा फहराएका छन् । अखिलका केन्द्रीय सदस्य रविन्द्र सुवेदीको नेतृत्वमा भारतद्वारा अतिक्रमित भूमिमा नेपाली राष्ट्रिय झण्डा फहराउन शुक्रबार नै अखिलको टोली सन्दकपुर पुगेको सुवेदीले जानकारी दिए ।

केही समय अगाडि गाउँपालिकाले निर्माण सुरू गरेको भ्यु टावरलाइ निर्माण अवरूध्द गरि भारतले कव्जा गरेको थियो । सुवेदीले भने, ‘भ्यु टावरको काम अगाडि बढाउन त दिएनन् दिएनन्, त्यहाँ प्रवेश निषेधको बोर्ड राखेका रहेछन् भारतीय सीमा सुरक्षा बलले ।’ अनेरास्ववियुका विधार्थीले भारतद्वारा निषेधित क्षेत्र भनेर लेखिएको बोर्डसमेत फालिदिएको उनले बताए । सन्दकपुर गाउँपालिकाले सूर्योदयको दृश्यावलोकनका लागि भ्यु टावर बनाउन लागेको थियो । सुवेदीले भने, ‘शनिवार बिहान पनि केही पर्यटकहरुलाई उक्त क्षेत्रमा प्रवेश गर्न दिएनन्। हामी हेरिरहेका थियौं ।’

सो कव्जा गरेको जमिनमा अनेरास्ववियुले नेपालीको राष्ट्रिय झण्डा फहराउन खोज्दा एसएसबीले वल प्रयोग गरेपछि सामान्य झडप समेत भएको थियो । ‘उक्त अतिक्रमित क्षेत्रमा एकजना मात्र एसएसबीका जवान थिए पहिला,’ अखिलका केन्द्रीय सदस्य सुवेदीले भने, ‘हामीलाई तर्साउन अलि ठूलो समूह आयो फेरि । उनीहरुले ढुंगा मुडा पनि गरे । हामीले प्रतिकार गर्यौं र हाम्रो राष्ट्रिय झण्डा फहरायौं।’ कव्जा गरिएको जमीनमा राष्ट्रिय झण्डा फहराएपछि विधार्थीहरूले नाराजुलुस गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार