३० कात्तिक, काठमाडौं । सप्तरीमा प्रहरीले विद्यार्थीलाई स्कुलमा पढाउने काम गर्न थालेका छन् । शान्ति सुरक्षा र स्वस्थ नागरिक बनाउन तथा कुलतबाट टाढा राख्न कानुनी कार्बाहीमा मात्रै निर्भर रहने गरेको प्रहरी जनचेतना फैलाउन सक्रिय बनेको हो ।
प्रहरीले राजविराजस्थित एक विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत ७५ जना विद्यालयका छात्र रछात्रलाई बिहीबारदेखि पढाउने काम शुरु गरेको हो । प्रहरीले कक्षामा अपराध रोकथामका उपायहरु, व्यक्तिगत जिम्मेवारी, लैंगिक हिंसा, बाल दुर्व्यवहार, लागू औषध, मादक पदार्थका प्रकार, असर र बच्ने उपायहरु, आधारभूत, सडक र साइबर सुरक्षा तथा प्रहरीलाई खबर गर्ने १०० नम्बरको प्रयोगलगायतका विषयमा पढाउन थालेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको आयोजनामा युथ एजुकेशन सर्भिस ९एस० नाम दिएको कार्यक्रम राजविराजको प्राइम होलिक्रस एकेडेमीमा सञ्चालन भएको हो । समाचार गोरखापत्रले प्रकाशित गरेको छ ।