
३० कात्तिक, काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेको छ । शुक्रबार राति भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ब्राजिललाई १–० गोल अन्तरले हराएको हो ।
ब्राजिलको मैदानमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले निर्णायक गोल गरे । मेस्सीले खेलको १४ औं मिनेटमा गोल गरेका थिए ।
मेस्सीले पेनाल्टीको रिबाउन्ड बलमा गोल गरेका थिए । सुरुवातमा मेस्सीको पेनाल्टी प्रहार ब्राजिलियन किपर एलिसन बेकरले रोकेका थिए । तर, रिबाउन्डमा आएको बललाई मेस्सीले जाली चुमाएका थिए ।