पारस र सन्दीपसहित साग क्रिकेट टोलीको घोषणा

२८ कात्तिक, काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाल क्रिकेट संघ ९क्यान० ले नेपालको राष्ट्रिय पुरुष र महिलाटोलीको घोषणा गरेको छ । क्यानले बिहिबार प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको नाम सार्वजनिक गरेको हो ।

सागका लागि पुरुषतर्फ ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्सीय खेलाडीको घोषणा गरिएको छ । प्रशिक्षणमा रहेका ३५ खेलाडीबाट पुरुष खेलाडी छनोट गरिएको हो । टोलीका तीनजना बैकल्पिक खेलाडी छन् । साग पुरुष क्रिकेटमा भारत र पाकिस्तानले सहभागिता जनाउने छैनन् । क्रिकेट स्पर्धामा भुटान, माल्दिभ्स, नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी क्यानले महिलातर्फ रुबिना क्षेत्रीको कप्तानीमा १५ सदस्सीय खेलाडी टोलीको घोषणा गरेको हो । महिला टोलीमा पनि तीनजना वैकल्पिक खेलाडी छन् । महिला क्रिकेटमा पनि भारत र पाकिस्तानले भाग नलिने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार