रुप ज्योतिविरुद्ध ठगीको मुद्दा अदालत नपुग्दै फिर्ता हुने संकेत

२८ कात्तिक, काठमाडौं । पूर्वअर्थ सहायकमन्त्री तथा ज्योति समूहका उपाध्यक्ष डा। रुप ज्योतिविरुद्ध ठगीको मुद्दा अदालत नपुग्दै फिर्ता हुने संकेत देखिएको छ ।

उजुरीकर्ता विजेन्द्रकृष्ण मल्लले आफ्नो जाहेरी फिर्ता लिने भनी जिल्ला सरकारी वकील कार्यालय, काठमाडौँमा निवेदन दिएपछि ज्योतिविरुद्धको मुद्दा अदालत नपुग्ने देखिएको हो ।

मल्लले ज्योतिबाट बैनाबापतको रकम पाइसकेको भन्दै बुधबार सरकारी वकील कार्यालयमा जाहेरी फिर्ता लिने भनेर निवेदन दिएका थिए ।

सरकारी वकील कार्यालयले बिहीबार नै यस विषयमा थप अनुसन्धानको प्रतिवेदन ९मिसिल०लाई महानगरीय प्रहरी परिसर टेकुमा पठाइसकेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार