२८ कात्तिक, काठमाडौं । संघीय जिजामती सेवा ऐन लागू भएपछि नियुक्त हुने निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद अबदेखि ६० वर्ष हुने भएको छ ।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले उपसमितिको प्रतिवेदनमा सहमति जनाउँदै उमेरहद बढाएको हो । यसअघि अनिवार्य अवकाशको उमेरहद ५८ वर्ष थियो ।
हाल बहाल रहेका कर्मचारीहरुको हकमा भने जन्ममितिका आधारमा क्रमश: अवकाशको उमेरहद कायम रहने गरी सहमति भएको छ । समिति सचिव सञ्जय दाहालका अनुसार अवकाशको उमेरहद, निवृत्तिभरण लगायतका व्यवस्थामासमेत समितिले बिहीबार सहमति गरेको छ ।
सदनबाट यो प्रस्ताव पारित भएमा नयाँ नियुक्त हुने कर्मचारीको अवकाशको उमेरहद ६० वर्ष र हालका कर्मचारीको हकमा जन्ममितिका आधारमा ६–६ महिना कार्याकाल लम्बिने छ ।