पराल काट्ने हतियार प्रहार गरी सौताको विभत्स हत्या

२८ कात्तिक, काठमाडौं । एक महिलाले धारिलो हतियार प्रहार गरी आफ्नै सौताको विभत्स ढंगले हत्या गरेकी छन् । चक्रघट्टा गाउँपालिका–४ सर्लाहीकी ३५ वर्षीया कोरैसा खातुनले २२ वर्षीया खुर्सिदा खातुनको हत्या गरेकी हुन् ।

मंगलबार साँझ कोरैसाले खुर्सिदाको हत्या गरेको प्रहरीले जनाएको छ । ‘घरभित्रै पराल काट्ने फलामको धारिलो हतियारले शरिरका विभिन्न अंग काटेर टुक्रा–टुक्रा पारेको रहेछ’ प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराइले जानकारी बताए । भट्टराईका अनुसार विभत्स ढंगले हत्या गरी टुक्रा–टुक्रा पारेको शवलाई झोलामा हालिएको रहेछ । शव फाल्न लागेको समयमा प्रहरीले कोरैसालाई पक्राउ गरेको हो ।

स्थानीय बासिन्दाका अनुसार दुई सौताबिच बेला–बेला झगडा हुने गर्थ्यो । श्रीमान शेख बलाल वैदेशिक रोजगारीका लागि घरबाट हिंडेको ४ दिनपछि घटना घटेको हो । घरमा एक अशक्त सासु मात्रै छिन् । समाचार नागरिक दैनिकले छापेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार