
२३ कात्तिक, काठमाडौं । भारतको हैदराबादमा कार्तिक २५ देखि मंसिर १ गतेसम्म हुने यू–१९ च्यालेन्जर सिरिजमा सहभागिता जनाउन नेपाली क्रिकेट टोली शनिबार बिहान भारत जाँदैछ ।
टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का महासचिव अशोकनाथ प्याकुरेलले शुक्रबार विदाई गरेका छन् । प्रतियोगितामा नेपालले भारतको तीन वटा टोलीसँग प्रतिस्पर्धा गर्नेछ । भारतको आधिकारिक यू–१९ प्रतियोगिता रहेको यस प्रतियोगितामा भारत रातो, भारत निलो र भारत पहेंलोसँगै नेपालबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा भारतका शीर्ष यू–१९ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । लिग चरणका शीर्ष दुई टोलीबीच उपाधिभिडन्त हुनेछ ।
टीमः रित गौतम (कप्तान), लोकेश बहादुर बम, तृतराज दस, विशालविक्रम केसी, खड्क बहादुर बोहोरा, अभिषेक बस्नेत, हरिबहादुर चौहान, अरुण ऐरी, कुशल मल्ल, विवेक कुमार यादव, सागर ढकाल, तिलकराज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिस जिसी र गौतम केसी ।