नारायणी नदीमा हाम फाल्नेको संख्या ५ पुग्यो

२३ कात्तिक, काठमाडौं । कात्तिक १० गते काग तिहारको रौनक उत्कर्षमा थियो । साढे ४ बजेतिर नारायणी पुलबाट दुईजना व्यक्ति नदीमा हाम फालेको खबर फैलियो ।

वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रविनबाबु रेग्मीका अनुसार पुलबाट हामफाल्ने ३० ३५ वर्षका ब्यक्तिमात्रे मृत फेला परे । अर्का अझै बेपत्ता छन् ।

सँगै हामफालेका ब्यक्तिहरु बाबुछोरा भएको स्थानीयको अनुमान छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ९एसपी० दानबहादुर मल्लका अनुसार मृत फेला परेका ब्यक्तिको पनि अझैसम्म नाम ठेगाना खुल्न सकेको छैन । फेला परेको शव भरतपुर अस्पतालमा राखिएको छ ।

तिहारपछि पनि कात्तिक २० गते एकजना ब्यक्ति पुलबाट हामफाले । उनको गम्भीर अवस्थामा उद्धार गरियो । तर उपचारका क्रममा उनलाई बचाउन सकिनए ।

यो घटनासहित साउनयता मात्रै नारायणी पुलबाट नदीमा हामफाल्नेको संख्या पाँच पुगेको छ ।, कान्तिपुर दैनिकले खबर छापेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार