आलमलाई विभागले काट्यो पत्र

२३ कात्तिक, काठमाडौं । राजपुर बमकाण्डका अभियुक्त महम्मद आफताब आलममाथि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गर्ने भएको छ । ‘अपराधकर्मबाट अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विभागले अनुसन्धान थालेको हो । विभागले बिहीबार रौतहट प्रहरीलाई पत्र लेखि आलमलाई उपस्थित गराउन आग्रह गरेको छ ।

रौतहट प्रहरी कार्यालयले शुक्रबार जिल्ला अदालत रौतहटलाई विभागको पत्र बुझाउँदै आलमलाई पठाइदिन अनुरोध गरेको छ । ‘सम्पत्ति शुद्धीकरण विभागले आलमलाई उपस्थित गराउन पत्राचार गरेकाले रौतहट जिल्ला अदालतलाई त्यसको जानकारी गराएका हौँ ।’, रौतहट प्रहरी प्रमुख भूपेन्द्र खत्रीले भने ।

आलमविरुद्ध रौतहटको राजपुरमा १२ वर्षअघि सामूहिक हत्याकाण्ड गराएको अभियोगमा मुद्दा चलिरहेको छ । मुद्दामा थुनछेक बहस जारी छ । नागरिक दैनिकले खबर छापेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार