
२३ कात्तिक, काठमाडौं । लगातार अतिक्रमणको चपेटामा परेको टुँडिखेललाई आज मानव साङ्लोले घेरिने भएको छ । ऐतिहासिक तथा सामरिक महत्व बोकेको टुँडिखेल साँघुरिँदै जान थालेपछि सरोकारवालाहरु जुर्मराएका हुन् ।
विश्व स्वतन्त्रता दिवसको अवसर पारेर मासिँदै गएको टुँडिखेललाई खुल्ला बनाउन दबाब सिर्जना गर्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गर्न लागिएको ‘अकुपाइ टुँडिखेल’ संयोजक विजय श्रेष्ठले बताए । टुँडिखेलको अतिक्रमण रोक्न अभियन्ताहरुले ३ महिने ‘अकुपाइ टुँडिखेल’ सञ्चालन गरिरहेको राजधानी दैनिकमा खबर छ ।