२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक विवादबारे छलफलका लागि सर्वपक्षीय बैठक बोलाउनुभएको छ । नेपाली भूभाग कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायत भारतले आफ्नो नक्सामा राखेर नयाँ नक्सा सार्वजनिक गरेपछि सरकारले एकपक्षीय नक्सा मान्य नहुने प्रष्ट पारेको छ ।
नेपाल सरकारको प्रष्टिकरणपछि भारतले आफ्नो नक्सामा नेपालको भूभाग नपारिएको र बिगतकै नक्सा रहेको बताएको छ । तर नेपालमा नेपाली भूभाग मिचिएको भन्दै जनस्तरबाट विरोध बढ्न थालेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख विपक्षी नेपाली कांग्रेससहितका पार्टीहरुले साझा धारणा बनाउन र तत्काल भारतसँग कूटनीतिक सम्वाद गरी सीमा समस्या सुल्झाउन सरकारलाई सचेत गराएका छन्।
मिचिएको भनिएको भूभागबारे साझा धारणा बनाउन सर्वदलीय र विज्ञसँगको परामर्शका लागि प्रधानमन्त्रीले बैठक बोलाउनुभएको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्रीले आज ९शनिबार० सर्वपक्षीय परामर्श बैठक बोलाउनुभएको हो । अपरान्ह ४ बजे बालुवाटारमा बस्ने बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरु र राजनीतिक दलका प्रतिनिधिहरु सहभागी हुने बताइएको छ ।