
२१ कात्तिक, काठमाडौं । बंगलादेशमा हुने इमर्जिङ टिम्स कपका लागि नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार राति नेपाली क्रिकेट टोलीको घोषणा गरेको छ ।
टोलीमा पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने समावेश छैनन् । यी दुई खेलाडी दुवईमा हुने टी–१० लिग खेल्न जान लागेकाले टोलीमा नराखिएको क्यानले जनाएको छ ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टोलीमा उपकप्तान दीपेन्द्र सिंह ऐरी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी छन् ।
टोलीमा पवन शरार्फ, सन्दीप जोरा, सुशन भारी, इशान पाण्डे, आरिफ शेख, अविनाश बोहोरा र कुशल भुर्तेल छन् ।