
२० कात्तिक, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले ढिलोचाँडो आफू प्रधानमन्त्री बन्ने संकेत गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आलोपालो सरकारको नेतृत्व गर्ने लिखित सहमति भएको चर्चा भइरहेका बेला उहाँको यो अभिव्यक्ति आएको हो ।
नेकपा बाँकेले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन बाँके पुग्नुभएका अध्यक्ष दाहालले मंगलबार नेपालगञ्ज उद्योग वाणिज्य संघले पेस गरेको ७ बुँदे मागपत्र बुझ्दै भन्नुभयो ‘यो मागपत्र म एक्लै पढ्दिन। प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग छलफल गर्छु। ढिलोचाँडो म प्रधानमन्त्री भएलगत्तै यी सबै माग पूरा गर्छु।’ कान्तिपुर दैनिकले खबर छापेको छ ।