पर्सामा गोली चल्यो

२० कात्तिक, पर्सा । बालक अपहरण गर्नेमाथि प्रहरीले गएराति गोली चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार १० दिनदेखि अपहरित बालकको उद्दार लागि नेपाल भारत सिमामा पर्ने फलवा टोलमा गए राति १२ः४५ बजे प्रहरीले गोली चलाएको हो ।

प्रहरीले चलाएको गोली अपहरणकारीको खुट्टामा लागेको छ । गोलीबाट घाइते अपहरणकारीको जिल्ला अस्पताल पर्सामा उपचार भइरहेको छ ।

प्रहरीले १४ वर्षीय बालकलाई भने, सकुशल उद्दार गर्न सफल भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार