
१९ कात्तिक, काठमाडौं । नेपाली चिनियाँ राष्ट्रिय क्रिकेट टोलीले विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरीलिबन क्रिकेट क्लब–एमसीसीसँगको मैत्रीपूर्ण एक दिवसीय खेलमा पाँच विकेटको जीत हात पारेको छ ।
कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा भएको खेलमा एमसीसीले दिएको २ सय २ रनको लक्ष्य नेपालले ३७ ओभर ३ बलमा पाँच विकेट गुमाएर पूरा गर्यो । बिनोद भण्डारी–अभिजितले ५२ रन बनाए, यसैगरी अभिजित राना– पवन सराफले पनि ३८ रन जोडे। नेपालको पालीमा दिपेन्द्र सिंह ऐरीले २४ र आरिफ शेखले २३ रन बनाए ।
पहिला व्याटिङ्ग गरेको एमसीसी ४९ ओभर ३ बलमा २०१ रनमा अल आउट भएको थियो । पवन सराफ र ललितनारायण राजवंशीले ४४ विकेट लिए। यस खेलमा पारस खड्का, सन्दिप लामिछाने र सोमपाल कामी नेपाली टोली थिएनन् । यसअघि आइतबार भएको पहिलो मैत्रीपूर्ण खेलमा एमसीसीले नेपालको यू–१९ राष्ट्रिय टोलीलाई ३८ रनले हराएको थियो। एमसीसीले अब नेपालको सिनियर राष्ट्रिय टोलीसँग तीन दिवसीय स्वरुपको प्रथम श्रेणी क्रिकेट खेल्नेछ।