१९ कात्तिक, काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासको कसुरमा पुर्व सभामुख कृष्णबहादुर महरालाई सोमबार पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला अदालत न्यायधीश सुदर्शनराज पाण्डेको इजलासले आइतबारदेखि शुरु थुनछेक बहस सोमबार सकिएपछि महरालाई थुनामै राखेर मुद्दा अघि बढाउने आदेश दिएको हो ।
संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको र प्रतिकार गर्दा हातपात गरेको अभियोग लागेका महरालाई आदेशसँगै सरदखोर डिल्लीबजार ९कारागार० लगिएको छ ।
पाण्डेको इजलासले घटना विवरण, कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरुको बयान र तत्काल प्रमाणका आधारमा महरा कसुरदार होइनन् भन्न नसकिने भएकाले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
स्रोतका अनुसार तत्काल प्राप्त प्रमाण हेर्दा उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने देखिएको समेत आदेशमा उल्लेख छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।