विदेश जाने विद्यार्थीले घरबाटै आवेदन दिन सक्ने

१६ कात्तिक, काठमाडौं । वैदेशिक अध्ययनका लागि घण्टौं लाम लागेर ‘नौ अब्जेक्सन लेटर’ लिनुपर्ने अवस्थाको अन्य गरिने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई घरमै बसेर आवेदन फारम भर्न पाउने व्यवस्था आगामी मंसिरबाट शुरु गर्दैछ । यसबाट बिहानैदेखि लाम लाग्नुपर्ने बाध्यता हट्नेछ ।

मन्त्रालयका सहसचिव रामशरण सापकोटाले घरबाटै विद्यार्थीले फारम भर्न मिल्ने सफ्टवेयरका लागि बोलपत्र आह्वान भइसकेको जानकारी दिँदै भन्नुभयो, ‘आगामी मंसिर मसान्तभित्र यस्तो सेवाको थालनी गर्ने गरी काम अगाडि बढाएका छौं ।’ गोरखापत्र दैनिकले खबर छापेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार