
१६ कात्तिक, काठमाडौं । मिर्गौलाको डायलाइसिस गरेर बिहीबार बेलुका निवास फर्किनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नियमति भेटघाट रोकेर शुक्रबार आराम गर्नुभएको छ ।
चिकित्सकहरुले उहाँलाई धेरै आरामको जरुरत रहेको भन्दै भेटघाट र बैठकहरु नगर्न सुझाव दिएका छन् । त्यसैले प्रधानमन्त्री ओली शुक्रबार बालुवाटारस्थित निवासको माथिल्लो तलामै नै आराम गरिरहनुभयो ।
उहाँले शुक्रबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई मात्र भेट्नुभयो । अन्य भेटघाट र बालुावाटारमै यसअघि हुने खालको कार्यक्रमहरु राखिएन ।
दाहालसँग दिउँसो केहीबेर आरामकक्षमै कुराकानी गनुभएको ओलीले ‘विस्तारै ठीक हुँदैछ, बाँकी विषयमा अलि निको भइसकेपछि कुरा गरौला’ भनेको स्रोतले जनाएको छ । कान्तिपुर दैनिकले खबर छापेको छ ।