
१५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी बिहीबर साँझ निवास फर्केका छन् ।
निवास फर्कने क्रममा उनले अस्पताल परिसरमा रहेको सञ्चारकर्मीसँग आफू ठिक रहेको प्रतिक्रिया दिए ।
अस्पतालबाट फर्कदै गर्दा प्रफुल्ल मुद्रामा देखिएका प्रधानमन्त्री ओलीले भने, ‘म ठिक छु ।’
निवासतर्फ जाने क्रममा प्रधानमन्त्री ओली एक्लै हिँडेर गाडीसम्म पगेका थिए । उनी हाँस्दै गाडी चढेका थिए ।