‘च च हुई’ को ट्रेलर: मिरुनाको पछि लागे आर्यन

१४ कात्तिक, काठमाडौं । मंसिर ६ गते रिलिज मिति तोकिएको फिल्म ‘च च हुई’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले तिहारको अवसर पारेर सार्वजनिक गरिएको ट्रेलर कमेडीले भरिएको छ ।

हङकङ रिटन्र्स दुई युवाको जीवनमा एउटा किताबले ल्याउने उतार–चढावको बिषयमा निर्माण भएको फिल्म साम्तेन भुटियाले निर्देशन गरेका हुन् । आर्यन सिग्देल, भोलाराज सापकोटा र मिरुना मगरको दृश्यले सार्वजनिक ट्रेलरमा प्रथामिकता पाएको छ । ट्रेलर हेर्दा फिल्म पूर्णतय कमेडी कथावस्तुमा निर्माण भएको अनुमान गर्न सकिन्छ । ट्रेलरमा अभिनेता आर्यन मिरुनाको पछि लागेको समेत देख्न सकिन्छ ।

आर्यन, भोलाराज र मिरुनाको अलवा फिल्ममा माओत्से गुरुङ, पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतका कलाकारको अभिनय छ । एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता अमृत घोले लामा हुन् । व्यवसायी घोले यही फिल्म मार्फत् निर्माणमा होमिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार