नेकपा प्रदेशबाट विद्यासहित दुईजनाको नाम थपः प्यासी र राजकाजी पनि अटाए

१४ कात्तिक, काठमाडौं । आगामी मंसिर १४ गते हुने कास्की क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा नेकपा जिल्ला कमिटीबाट सिफारिस भएको एकल उम्मेदवार विद्या भट्टराईसहित थप दुई जनाको नाम केन्द्रमा सिफारिस भएको छ ।

नेकपाको जिल्ला कमिटीले कात्तिक ८ गते निर्णय गरी गण्डकी प्रदेश र केन्द्रमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईको नाममात्रै सिफारिस गरेको भएपनि गण्डकी प्रदेशले थप दुई जनाको पठाएको हो ।

जिल्ला कमिटीले उम्मेदवारको टुंगो लगाउँदै गर्दा चर्चामा रहेका नेकपा स्थायी कमिटी सदस्य सोमनाथ अधिकारी प्यासी र राजकाजी गुरुङ करणको नाम थप भएको नेकपा स्रोतले जानकारी दियो ।

प्यासी यसअघि चुनावमा नेकपाबाट समानुपातिक उम्मेदवारको सूचिमा थिए । राजकाजी भने प्रदेश सभा चुनावमा कास्कीबाटै पराजय भएका थिए । केन्द्रले बढीमा ३ जनासम्मको नाम सिफारिस गर्न दिएको निर्देशन अनुसार नै जिल्लाको सिफारिसमा उक्त दुईजनाको नाम थपिएको स्रोतको भनाइ छ ।

प्रदेशले विद्या सहित ३ जनाको नाम सिफारिस गरेपनि कमिटीका जिम्मेवार पदाधिकारीले आधिकारिता सार्वजनिक गर्न चाहेका छैनन् ।

कांग्रेसले भने यसअघि नै १६ जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गरिसकेको छ । साझा पार्टीले पोखराकी रजनी केसीलाई उपनिर्वाचनको आफ्नो उम्मेदवार घोषणा नै गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार