विदेशी राजदूतका तिहार कूटनीति

१४ कात्तिक, काठमाडौं । अमेरिकी राजदूत र्‍याण्डी बेरीले तिहारको शुभकामना दिँदै सामाजिक सञ्जाल ट्वीटरमा तस्बिर राखेको भोलिपल्ट चिनियाँ राजदूत होऊ यान्छीले पनि तिहारको शुभकामना दिइन् ।

बेलायती राजदूत रिचार्ड मोरिसले समेत अमेरिकी राजदूतले शुभकामना दिएको केही घण्टामा शुभकामना दिए । नेपालमा रहेका राजदूतहरुले चाडपर्वलाई नजिकबाट नियाल्दै सांस्कृतिक–कूटनीतिका रुपमा ढाल्ने प्रयास गरिरहेका छन् ।

उनीहरुले हरेक चाडपर्वमा यसैगरी शुभकामना दिँदै आएका छन् । पहिले निवासमा बोलाएर रमाइलो गर्ने राजदूतहरु अहिले ट्वीटमार्फत शुभकामना दिन थालेका हुन् ।

अमेरिकी राजदूतावासभित्र अहिले राजदूतमात्र होइन दूतावासका अन्य अधिकारीले पनि भाइटीका लगाएको तस्बिर राखेर यसको महत्वलाई झल्काएका छन् । यो समाचार आज अन्नपूर्ण पोष्ट्मा चन्द्रशेखर अधिकारीले लेखका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार