मृतक महिलाको लगाएको गहनामा विवाद : हवल्दारले कर्मचारी कुट्दा हात भाँचियो

९ कात्तिक, काठमाडौं । भरतपुर अस्पतालको पोस्टमार्टम कक्षमा कार्यरत दुई कर्मचारीलाई अस्पतालमै रहेका प्रहरीले निर्घात कुटपिट गरेका छन् ।

वर्ष ४९ वर्षीय देवआनन्द राई र ६० वर्षीय पूर्ण विकलाई बिहीबार बिहान प्रहरी हवल्दार जमिर अलिसेखले कुटपिट गरेका थिए ।

अलिसेखको कुटाइबाट दुवैजना कर्मचारी घाइते भएका छन् । विकको हात भाँचिएको छ भने राईको ढाडमा निलडाम देखिन्छ ।

एक महिलाको पोस्टमार्टम गर्नेक्रममा कानमा लगाएको गहना चोरी गरेको आरोपमा आफूहरुमाथि लाठीले हानिएको घाइते राईले बताए । नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार