जापान जानेका लागि भोलिदेखि परीक्षा

९ कात्तिक, काठमाडौं । जापानी भाषा परीक्षा आइतबारदेखि सञ्चालन हुने भएको छ । नर्सिङ केयर ९केयर गिभर० का लागि पहिलो चरणको भाषा परीक्षा आइतबारदेखि हुन लागेको हो ।

जापान फाउन्डेसनका अनुसार आवेदन दिएका मध्येबाट परीक्षाका लागि एक हजार जना छानिएका छन् । हजारौँले अनलाइनमार्फत आवेदन दिए पनि एक हजार जनाले मात्रै नर्सिङ केयरमा छनोट हुन् पाउनेछन् ।

जापानी रोजगारीका लागि अनलाइनमार्फत फारम भरिए पनि कति जनाले फारम भने भन्ने खुलाइएको छैन । जापान फाउन्डेसले डिल्लीबजारस्थित युनिभर्सल ल्याङवेज एन्ड कम्प्युटर इन्स्टिच्युटबाट परीक्षा दिने व्यवस्था गरेको छ । अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार