८ कात्तिक, काठमाडौं । काठमाडौं – २९ कात्तिकबाट प्रदर्शनमा आउने फिल्म ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेता भूवन केसीको दोहोरो भूमिका रहेको फिल्मको ट्रेलरमा केसी भिलेनको रुपमा देखिएका छन् ।
देव भुषालको कथा, पटकथा तथा संवादमा रहेको फिल्ममा निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ भने निर्माण प्रेमराज दाहालले गरेका हुन् ।
भुवनको अलवा फिल्ममा बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्मा लगायतका कलाकारको अभिनय छ । यो फिल्मबाट साहिल श्रेष्ठ र कुसुम राउत नव कलाकारको रुपमा देखा पर्दैछन् ।
विदेशमा बस्ने नेपालीको देशप्रतिको माया, गाउँमा राजनीतिलाई टेकेर हुने शोषण आदि विषय बनाइएको फिल्म देव भुषालले निर्देशन गरेका हुन् ।