
६ कात्तिक, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा यो सिजनको पहिलो जित दर्ता गरेको छ । समूह ए अन्तर्गत मंगलबार राति भएको खेलमा जिनेदिन जिदानको टिम रियल मड्रिडले गालाटासारेलाई १–० ले पराजित गरेको हो ।
अवे मैदानमा भएको खेलमा रियल मड्रिडको जितका लागि १८ औँ मिनेटमा टोनी क्रसले गरेको गोल नै निर्णायक बन्यो । ला लिगाको पछिल्लो देखमा मालोर्कासँग पराजित भएको रियल मड्रिडले च्याम्पियन्स लिग समूह चरणका सुरुका दुई खेलमा जित निकाल्न सकेको थिएन ।
टर्किस क्लब कालाटासारेसँगको खेलमा पनि पराजित भएको खण्डमा रियल मड्रिड प्रशिक्षक जिदानलाई बर्खास्त गर्ने तयारीमा रहेको बताइएको थियो ।
तर यो जितले जिदानको भविष्यमा केही राहत मिलेको छ । तीन खेलबाट चार अंक जोडेको रियल मड्रिड समूहको दोस्रो स्थानमा पुगेको छ र शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन ९पिएसजी० भन्दा पाँच अंकले पछि रहेको छ ।