मलेशियामा एक नेपालीको मृत्यु

५ कात्तिक, तुलसीपुर । रोजगारीका लागि मलेशिया गएका दाङका एक व्यक्तिको मृत्यु भएको छ ।

शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी (कान्छो) को असोज २९ गते नेपाली समयअनुसार बेलुका ४ः३० बजेतिर मृत्यु भएको हो ।

दसैँको टीकाका दिन एक्कासि बेहोस भएपछि उपचारका लागि मलेशियाकै सालम अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको आफन्त सुरेश ओलीले बताए ।

केसी डिएचएल सप्लाई चैन कम्पनीमा ‘सेक्युरिटी गार्ड’ मा काम गर्न एक महिनाअघि मात्रै मलेशिया गएका केसीको शव सोमबार नेपाल ल्याउने तयारी भएको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार