
३ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट धोका भएको गुनासो सचिवालय सदस्यहरु गर्न थालेका छन् । पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भए पनि ओलीका गतिविधिबाट त्यो पालना नहुने महसुस दाहालले गरेका हुन् ।
दाहालले केही दिनअघि सचिवालय सदस्य ईश्वर पोखरेललाई उनकै घरमा भेटेर एकताका बेला भएको समझदारी कार्यान्वयन हुन नसकेको गुनासो पोखेको स्रोतले बतायो । पार्टी एकता गर्दाको समझदारी कार्यान्वयन हुनेमा पूर्वमाओवादी पक्ष सशंकित छ भन्ने खबर नागरिक दैनिकमा छ । समझदारी कार्यान्वयन गर्ने समय नआउँदै त्यसलाई प्रचारमा ल्याइएको भन्दै पूर्व एमाले समूह पनि असन्तुष्ट देखिन्छ ।
आलोपालो प्रधानमन्त्री ओलीले चाहेको विषय नभएकाले पनि पूर्वमाओवादी पक्ष सशंकित बनिरहेको छ । दाहालले पोखरेलसँग भेटघाट गरेको दुई दिनपछि वामदेव गौतम पनि माधव नेपाललाई भेट्न कोटेश्वरस्थित निवासमा पुगेका थिए । नेपाल र गौतमबीच धोकाको राजनीति गर्न नहुने विषयमा कुराकानी भएको थियो ।