छात्रवृत्ति कोषको करोडौं रुपैयाँ थन्कियो

३ कात्तिक, काठमाडौं । विद्यालयमा अध्ययनरत छात्रालाई छात्रवृत्ति उपलब्ध गराउने उद्देश्यले स्थापित छात्रा शिक्षा कोषको करोडौं रकम वितरण नगरी थन्किएको छ । १० वर्षदेखि कोष तथा लेखा नियन्त्रक कार्यालयको खर्च खातामा ४६ करोड ८६ लाख ६९ हजार रुपैयाँ यसरी थन्किएको हो ।

कोष स्थापनापछि केवल एकपटक मात्रै १२ कक्षासम्मका छात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो । शैक्षिक संरचना र व्यवस्थापनमा परिवर्तन हुन थालेपछि कोष क्रियाशील हुन नसकेको सरोकारवाहरुको भनाई छ ।

महालेखा परीक्षकको कार्यालयले बैङ्कमा त्यसरी रकम राख्न नपाइने भनी सचेत गराएपछि बैङ्कहरुमा राखिएको मुद्दति खाताको रकमलाई कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा सारिएको समाचार गोरखापत्रमा छापिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार