
१ कात्तिक, काठमाडौं । उद्घाटन नहुँदै विवादमा फसेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को सम्मेलनमा तनाव जारी छ । नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणनाका क्रममा पनि बिहीबार मध्यराति लफडा भएको छ । एकजना अध्यक्षका प्रत्यासीका प्रतिनिधिले मतगणनास्थलमा छिर्न नपाएपछि हंगामा गरेका हुन् ।
अध्यक्षका एकजना उम्मेदवार कूल आचार्य र उनका प्रतिनिधिलाई मतगणनास्थलमा छिर्न नदिएको भन्दै उनका समर्थकले लफडा गरेपछि प्रहरीले हस्तक्षेप नै गर्नुपरेको हो । नाराबाजी गर्दै अघिल्लो दिनको जस्तै हायात होटलको लबीमा तोडफोड गर्न खोजेपछि मुख छाडाछाडपछि हात हालाहालको अवस्था उत्पन्न भएको थियो । कुमार पन्त र आचार्यका समर्थकबीच हात हालाहाल भएपछि तत्कालै त्यहाँ खटिएको लाठी चार्ज गरेर अवस्था साम्य पारेको थियो । २ पक्षबीच तनाव भएपछि मतगणना नै रोकिन पुगेको थियो
एनआरएनको ‘भद्रगोल’ सम्मेलनः विमानस्थलमा तोडफोड, हायात होटलमा कुर्सी भाँचाभाँच सम्मेलनमा भाग लिन आएका प्रतिनिधिले विमानस्थल अध्यागमनमा तोडफोडबाट सुरू भएको एनआरएनको लफडा जारी छ । बुधबार राति एनआएनएका प्रतिननिधिहरूले हायात होटलका कुर्सीसहितका फर्निचर तोडफोड गरेर भाँचिदिएका थिए । विवादका कारण विद्युतीय भोटिङ मेसिन हटाएर मतपत्र नै प्रयोगमा ल्याएपछि बिहीबार दिनभर मतदान भएको थियो । विद्युतीय मेशिनबाट भएको भए हिजै नतिजा सार्वजननिक भइसक्थ्यो । तर बिहीबार भएको मतदानको परिणाम शुक्रबार आउने बताइए पनि पटक पटकको लफडाले गणना लम्बिँदै गएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटनका क्रममा नेपालको संस्कृति विश्वभर फैल्याउन भनेकी थिइन् ।
तर राष्ट्रपतिको उक्त विचारविपरित गैरआवासीय नेपालीहरू कुटपिट, तोडफोड र लफडै लफडामा फसेर बदनाम भइरहेका छन् । यो पटकको निर्वाचनमा प्रष्टरूपमा २ दलको भिडन्त देखिएको छ । सत्तारूढ नेकपाको समर्थन पाएका कुमार पन्त र प्रमुख प्रतिपक्ष कांग्रेसको साथ पाएका कूल आचार्यले प्यानल नै बनाएर प्रतिस्पर्धा गरिरहेका छन्