रविको मुद्दामा अदालतकाे यस्तो आदेश

१ कात्तिक, काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा उच्च अदालत पाटन हेटौँडा इजलासले चितवन जिल्ला अदालतको आदेश सदर गरेको छ।

न्यायाधीशद्वय चण्डिराज ढकाल र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासले यस्तो निर्णय गरेको हो । टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्ष र उच्च सरकारी वकिलको कार्यालयको रिटलाई आज सुनुवाई गर्दै यस्तो आदेश दिइएको उच्च अदालत पाटन हेटौँडा इजलासका रजिष्ट्रार विकास श्रेष्ठले जानकारी दिए। तर, चितवन जिल्ला अदालतको अनुमतिमा मात्रै विदेश जान पाउने चितवनको आदेश भने बदर भएको छ।

‘यो बाहेक अरु सबै आदेश सदर भएको छ’ रजिष्ट्रार श्रेष्ठले भने। यसअघि चितवन जिल्ला अदालतले रविलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । उनलाई विदेश जानका लागि पनि अदालतको अनुमति लिनुपर्ने आदेश दिइएको थियो । यो आदेश उच्च अदालतले खारेज गरेपछि उनी विदेश जान पाउने भएका छन् ।

चितवन जिल्ला अदालतले धरौटीमा रिहा गरेको भन्दै उच्च अदालत पाटन हेटौँडा इजलासमा कार्यक्रम प्रस्तोता लामिछानेले साधारण तारिखमा रिहा हुनुपर्ने मागसहित निवदेन दर्ता गरेका थिए। आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएका कार्यक्रम प्रस्तोता लामिछने, पत्रकार युवराज कँडेल र अस्स्मिता भन्ने रुकु कार्कीललाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दे सरकारी वकिलको कार्यालयले अदालतमा रिट दायर गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार