३० असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीं (नेकपा) का प्रतिनिधिसभा सदस्य पार्वत गुरुङविरुद्ध ‘वारेन्ट’ जारी भएको छ ।
सांसद गुरुङलाई काठमाडौ जिल्ला अदालतले उपस्थित हुन आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतले जारी गरेको वारेन्ट दोलखा प्रहरी कार्यालयले बुधबार सांसद गुरुङसमक्ष पेश गरेको छ ।
गुरुङ दोलखाका प्रभावशाली नेता मानिनुहुन्छ । २०७४ सालको निर्वाचनमा उहाँ ३० हजार १ सय ५३ मतान्तरले प्रतिनिधिसभा सदस्यमा विजयी हुनु भएको हो ।
गुरुङले ५५ हजार ९ सय ५४ मत ल्याउनु भएको थियो । उहाँको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्रबहादुर खड्कालाई २५ हजार ८ सय १ मत प्राप्त भएको थियो ।