रोग निको हुन्छ भन्दै निर्वस्त्र पारेर झारफुक

३० असोज, काठमाडौं । धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक ‘लामा’लाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ ।

निर्दोष ठहर गर्ने जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर थापाको इजलासले ‘धर्मगुरु’ सहित उनकी सहयोगीलाई साइबर अपराधमा समेत दोषी ठहर गरेको छ ।

दक्षिणकाली, चाल्नाखेलमा पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बा खोलेका रिम्पोछे छोल्टिम दोर्जे योन्तान योञ्जन टुल्कु लामा भनिने ज्ञानबहादुर लामालाई डर, त्रास, धाक देखाई, करकाप र झुक्यानमा पारी एवम् शरीर बन्धक राखी युवतीमाथि करणी गरेको ठहर गर्दै अदालतले सजाय तोकेको हो । उच्च अदालतको फैसलापछि प्रहरीले लामालाई मंगलबार पक्राउ गरेको छ ।

लामाकी सहयोगी मनीषा लामालाई भने युवतीका आपत्तिजनक अवस्थाका फोटा फेसबुकमा अपलोड गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको हो । कान्तिपुर दैनिकले खबर छापेको छ ।

छालासम्बन्धी रोग लागेकी फर्पिङ प्रथम ९नाम परिवर्तन० लाई आमाबाबुले झारफुक गराएर निको बनाउन २०६६ जेठमा लामाकहाँ पुर्याए । प्रारम्भिक उपचारपछि लामाले उनलाई एक्लै बनाए । कपडा लगाएर उपचार गरे निको नहुने भनी निर्वस्त्र बनाएर झारफुक गरे । फर्पिङ प्रथमले प्रहरीमा दिएको जाहेरी अनुसार त्यसको करिब २० दिनपछि लामाले उपचार गर्न कोठामा निर्वस्त्र गराई जबर्जस्ती करणी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार