मान्छे बोकेको किलोको २ सय

२९ असोज, काठमाडौं । पासाङ शेर्पा दिनमा चार पटकसम्म पाथीभरा मन्दिर पुग्छन् । उनी दर्शन गर्न नभएर तिर्थयात्री बोकेर पाथीभरा मन्दिर पुग्ने गरेका हुन् । तिर्थयात्री बोकेर उकालो ओरालो गरिरहने पासाङजस्ता ३ सयभन्दा बढी मजदुर पाथीभरा क्षेत्रमा त्रियाशिल छन् । त्यहाँ हिड्न नसक्ने तिर्थयात्रीलाई प्रतिकिलो २ सय रुपैयाँ लिएर बोक्ने गरिएको छ ।

३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिरसम्म पुग्ने चाहना भए पनि हिड्न नसक्ने भक्तजनलाई भरियाले पिठ्युँमा बोकेर पुर्याउने र फर्काउने गरेका छन् ।

‘५ वर्षदेखि तिर्थयात्रीलाई बोक्दै आएका छौँ । हालसम्म पाँच सयभन्दा बढी तिर्थयात्रीलाई बोकेर दर्शन गराएका छौँ ।’, पासाङले भने, ‘खासगरी बालबालिका, वृद्धवृद्धा र हिड्न नसक्नेलाई बोक्छौँ ।’ गन्त्व्यमा पुर्याएर फर्काएपछि तिर्थयात्रीले धन्यावाद दिँदा खुसी लाग्ने उनले सुनाए ।

तौलको आधारमा पैसा लिने मजदुरले यात्रुलाई मन्दिर पुर्याएर पुनः गाडी चल्ने सडकसम्म बोकेर ल्याउँछन् । अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार