
२८ असोज, काठमाडौं । लोकसेवा आयोगले उपसचिव र सहसचिवको नयाँ भर्ना आह्वान गर्ने भएको छ ।
दुई वर्षदेखि अवरुद्ध रहँदै आएको कर्मचारी भर्ना प्रक्रियालाई खुलाउँदै आयोगले बुधबार विज्ञापन आह्वान गर्न लागेको समाचार राजधानी दैनिकमा छ । आयोग स्रोतका अनुसार विभिन्न सेवा समूहअन्तर्गतका झन्डै १०० सहचिव र ३०० उपसचिव पदमा भर्ना आह्वान गर्न लागिएको छ ।
आयोगका प्रवक्ता एवं सहसचिव किशोरजंग कार्कीले मंगलबारसम्म सबै संख्याको टुंगो लगाएर बुधबार विज्ञापन प्रकाशन गरिने तयारी गरिएको जानकारी दिए ।