दशैंकै दिन पत्नी र छोरीको हत्या गरी आत्महत्या

२६ असोज, काठमाडौं । नेपालीहरुले धुमधामका साथ दशैैं मनाइरहेका बेला सुनसरीका एक पुरुषले पत्नी र छोरीको हत्या गरी आत्महत्या गरेका छन् । असोज २१ गते मंगलबार अर्थात् विजयादशमीका दिन इटहरी उपमहानगरपालिका–१७ का ४५ वर्षीय राकेश शर्माले झुन्डिएर आत्महत्या गरेका हुन् ।

पत्नी पुनमको शव टिनको बाकसभित्र र ६ वर्षीय छोरीको स्वस्तिकाको शव बोरामा बेरेर खाटमुनि राखिएको अवस्थामा फेला परेको हो ।

‘दिउँसो १ बजेतिर प्रहरीलाई सूचना आएको हो । हामीलाई सूचना हुनभन्दा केही समयअघि मात्र पुरुषले आत्महत्या गरेका हुन्’ प्रहरी निरीक्षक जितेश दाहालले भने, ‘आत्महत्या गरेका राकेशले पत्नी र छोरीको हत्या बिहानै वा राति नै गरेको हुनुपर्छ । यसबारे अनुसन्धान भइरहेको छ ।’ नागरिक दैनिकले खबर छापेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार