
२५ असोज, एजेन्सी । युरोकप फुटबलको छनौट अन्तर्गत शुक्रबार राति भएको खेलमा इंग्ल्याण्ड पराजित भएको छ । समूह ए अन्तर्गत अवे मैदानमा भएको खेलमा इंग्ल्याण्ड चेक गणतन्त्रसँग २–१ ले पराजित भएको हो ।
सुरुमै पेनाल्टी मार्फत गोल गर्दै लिएको अग्रता जोगाउन नसक्दा इंग्ल्याण्ड पराजित भएको हो । पाँचौँ मिनेटमा नै पाएको पेनाल्टीमा गोल गर्दैै ह्यारी केनले भ्रमण टोलीलाई अग्रता दिलाए । त्यसको चार मिनेटपछि घरेलु टोली चेक गणतन्त्रका लागि ब्राबेकले बराबरी गोल गरे ।
८५ औँ मिनेटमा अनड्रासिकले गोल गरेपछि चेक गणतन्त्र २–१ ले विजयी भयो । जितपछि चेक गणतन्त्रको ६ खेलबाट १२ अंक भएको छ । एक खेल कम खेलेको इंग्ल्याण्ड समान १२ अंकसहित समूहको शीर्ष स्थानमा कायम छ ।
देश सञ्चार प्रालिद्वारा संचालित देश सञ्चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।