
२४ असोज, वीरगञ्ज । वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको मुख्य सडक दायाँबायाँ २५/२५ मिटर नै फराकिलो गर्नु पर्ने माग राखेर युवाहरुले प्रदर्शन गरेका छन् । वीरगञ्ज विकाश युवा संघर्ष समितिले महानगरको मुख्य सडक २५/२५ मिटर नै फराकिलो पार्नूपर्ने भन्दै प्रदर्शन गरेको हो ।
सडक विभागले कार्तिक १७ गतेदेखि वीरगञ्जको गण्डकदेखि शंकराचार्य गेटसम्म २५ मिटर दायाँ बायाँ सडक फराकिलो पार्ने सूचना जारी गरेपछि त्यसलाई रोक्न यहाका राजनीतीक दलका नेता, सडकमा घर परेका घरधनीहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठलाई दबाब दिएका थिए ।
तर वीरगञ्जको विकाशका लागि मुख्य सडक २५/२५ मिटर नै फराकिलो हुनुपर्ने भन्दै खबरदारी गर्न विरोध प्रदर्शन गरिएको युवा नेता अकलेश साहले बताए ।