
२० असोज, काठमाडौं । दशैँ मनाउन २५ लाख यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।
असोज ५ गतेबाट २० गते बिहान ७ बजेसम्म दशैँ मनाउन उपत्यकाको विभिन्न नाका भएर २५ लाख ४२ हजार ३ सय १९ जना यात्रु राजधानीबाट बाहिरिएका हुन् ।
उपत्यका भित्रने मुख्य नाका नागढुङ्गा, साँगा, बल्खु, बालाजु माछापोखरी लगायत पँचवटा नाका भएर सोमबार बिहान मात्रै १ लाख ५७ हजार, ३ सय ८८ जना यात्रुहरु बाहिरिएको ट्राफिक महाशाखाले जनाएको छ ।
ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालका अनुसार २६ हजार ७ सय ६० जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् ।