मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

१८ असोज, काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका १ चाइनागेटस्थित पूर्वपश्चिम सडकमामा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु भएको छ । सुन्दरहरैंचा नगरपालिका ७ ठडिया चोकस्थित पूर्वपश्चिम राजमार्गमा पिकअप भ्यान र मोटरसाइकल ठोकिँदा युवकको मृत्यु भएको छ ।

ना ८ ख ३८७२ नम्बरको ट्याङकरले ना ५६ प ३९३५ नम्बरको मोटरसाकललाई शुक्रबार बिहान ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार ३५ वर्षीया सीता न्यौपानेको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक ४५ वर्षीय शशी न्यौपाने घाइते छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, सुन्दरहरैंचा नगरपालिका ७ ठडिया चोकस्थित पूर्वपश्चिम राजमार्गमा शुक्रबार बिहान पिकअप भ्यान र मोटरसाइकल ठोकिँदा युवकको मृत्यु भएको छ । को १ ज ३१६८ नम्बरको पिकअप भ्यान र को ३५ प १४२२ नम्बरको मोटरसाइकल ठोकिएको हो । दुर्घटनामा मोटरसाइक चालक बेलबारी नगरपालिका २ बस्ने २० वर्षीय योगेश निरौला मृत्यु भएको हो ।

उनको विराटनगर न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार १९ वर्षीय सुसन कार्की घाइते भएका छन् । उनको विराटनगर अस्पतालमै उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार