
१८ असोज, काठमाडौं । चिनियाँ जनमुक्ति सेना ९पीलए० को उच्चस्तरीय टोली राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा तयारीबारे जानकारी दिएर फर्किएको छ । सुरक्षा स्रोतका अनुसार गत साता काठमाडौं आएको टोलीले सीमित सरकारी अधिकारीसँग मात्रै भेटेको थियो ।
चिनियाँ सेनाको टोलीले सीको भ्रमण सुरक्षा तयारी प्रभावकारी बनाएको भन्दै खुशी व्यक्त गरेको छ । सीको सुरक्षार्थ तैनाथ चिनियाँ सेनासँग भएको गोप्य छलफलपछि छुट्टाट्टै सुरक्षा रणनीति बनाएर व्यवस्थापन भइरहेको स्रोतले जनाएको छ ।
सरकारले राष्ट्रपति सीको नेपाल भ्रमण र त्यसबेला अपनाइने सुरक्षालाई ‘जेट प्लस’ रणनीति अपनाएको छ । मध्यम, विशिष्ट, अतिविशिष्ट र त्यसमाथिको सम्मान र सुरक्षा प्रदान गर्दा क्रमश ‘एकस, वाई, जेट र जेट प्लस’ रणनीति अपनाइन्छ । कान्तिपुर दैनिकमा प्रकाशित छ ।