
१७ असोज, काठमाडौं । टिकट नपाएपछि खाडीमा रहेका नेपालीहरू दशैंमा आफ्नो गाउँ देश पर्कन पाएका छैनन् । लम्जुङमा रितेश लोहनी १३ वर्ष भयो स्वदेशमा दशैं ननमनाएको उनी साउदी अरबमा काम गर्छन् ।
घर फर्कने सबै तयारी गरे पनि अन्तमा टिकट नापाएर खाडीमा नै विताउनु परेको समाचार कान्तिपुर दैनिकले लेखेको छ । ‘टिकट पाइदैन साउदीमा रहनेहरू सबै दशैं–तिहार मान्न फर्कने गर्छन् हामीलाई टिकट पाउने मुस्किल छ । खाडी तथा मलेसियाबाट आउने जहाज सिमित भएको र यात्रुको चाप बढी भएको कारण टिकट नपाइएको हो । यी देशबाट भाडा पनि महंगो छ ।
कुवेतबाट नेपाल आउनको लागि एक लाख १७ हजार, मलेसिया ७१, साउदी अरब ७२ हजार, ओमन ६० हजार, बहराइन ५९ हजार जहाज भाडा रहेको छ।