कोही नठगिएको सरकारको दाबी, अचाक्ली महँगीले जनता मारमा

१६ असोज, काठमाडौं । दशैंलगायतका चाडपर्व नजिकिँदै गर्दा बजारमा उपभोग्य सामानको मूल्य निकै आकासिएको छ । बजार अनुगमनमा प्रदेश तथा स्थानीय सरकारको उपस्थिति नभएकाले शहरदेखि गाउँसम्म नै महँगी चुलिएको छ ।

बजारमा भएको अचाक्ली महँगीका कारण उपभोक्ता मारमा परेका छन्। चाडपर्वका समयमा हरेक वर्ष उपभोक्ता ठगिनुपरेको उपभोक्ताले गुनासो गर्दै आइरहेका छन् । सरकारले विभिन्न बजारमा अनुगमन गरी बढी मूल्यमा सामान बेच्नेलाई कारबाही गर्दै आएको बताए पनि त्यसको प्रभावकारितामा पश्न उठ्न थालेको छ ।

चाडपर्वको मौका छोपी उपभोक्तालाई ठग्न सक्रिय बिचौलियाहरूलाई कारबाही गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाभित्रका बजारमा अनुगमन गरे पनि राहत पाएको महसुस नभएको उपभोक्ताको गुनासो छ। यो समाचार आजको नेपाल समाचारपत्रमा परिवर्तन देवकोटाले लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार