१५ असोज, काठमाडौं । सुनसरीमा २२ वर्षीया युवतीमाथि जबरजस्ती करणी भएको छ । करणीको अभियोगमा सुन्दरहरैचा नगरपालिका–१२ बस्ने ३३ वर्षीय बिकास कसई लगायत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई धरानबाट को १ ख ४६२६ नम्बरको बसमा चढाई ईटहरी उपमहानगरपालिका–९ स्थित सडकको साईडमा ल्याई गाडी चालक निज बिकास सहित ५ जनाले जबरजस्ती करणी गरेका थिए ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्न अन्य २ जना हाल फरार भएकाले प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।